Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • आज पनि सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

    आज पनि सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 1.5K
    SHARES

    काठमाठौं । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक बिना कुनै सहमति टुंगिएको हो ।

    आजको बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विश्वास गरिए पनि ठोस सहमति हुन सकेन् ।



    आजको बैठकलाई निष्कर्षमा पुर्‍याउन आज बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।



    त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार