झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धा स्वस्थ नभए लोकतान्त्रिक राजनीति नहुने बताएका छन् ।
स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
विजयादशमी,छठलगायत चाडपर्वका अवसरमा मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए । उनले भने, ‘प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।’
उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे।
Leave a Reply