काठमाडौं । नेपालमा हालसम्म १ लाख ९१ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७५ हजार ३ सय ४३ जनाको पिसिआर र १ लाख १६ लाख ३ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ४ सय ४० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा ८ सय १६, बागमतिमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६ सय ९९, कर्णालीमा २ सय ५२ र सुदूरपश्चिम प्रदेशमा ७३ जना संक्रमित छन् । कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला छन्।
कोरोनाको संक्रमण हालसम्म ६१ जिल्लामा पुगेको मन्त्रालयले जनाएको छ। मुलुकभर हाल १ हजार ८ सय २५ जना अस्पतालको आईसोलेसन र १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। मंगलबार २ सय ८८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ। जसमध्ये २ सय ६६ जना उपचारपछि डिस्जार्च भएका छन्।
Leave a Reply