Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन गठबन्धन बैठक बस्दै

    सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन गठबन्धन बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 735
    SHARES

    काठमाडौं । सिट बाँडफाँडको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनका नेताहरूको बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

    बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ। सोमबार बिहानदेखि रातिसम्म बसेको बैठकले सहमति गर्न सकेको थिएन। त्यसैले मंगलबार बिहान ८ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको थियो।



    तर तीन बजेभन्दा पहिला दुईपक्षीय मात्र छलफल हुने र तीन बजे गठबन्धनको बैठक बस्ने स्रोतले जनाएको छ ।



    हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, ,जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार