Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धन बैठक जारी

    सिट बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धन बैठक जारी

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 582
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको हो । सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास हुने बताइएको छ।



    सोमबार बिहानदेखि रातिसम्म बसेको बैठकले सहमति गर्न सकेको थिएन। बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो।



    कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन। नेकपा माओवादी केन्द्र र नेकपा एसका बीचमा समेत केही क्षेत्रमा विवाद रहेको स्रोतले जनाएको छ।

    आगामी निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँट टुंगो लाग्न सकेको छैन्। कुन दलले कति सिट लिने भन्नेमा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको सहमति हुन सकेको छैन्।

    कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार