Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै

    सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

    यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बिहान ११ बजे बैठक बस्न लागेको छ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।



    आगामी निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँट टुंगो लाग्न सकेको छैन्। कुन दलले कति सिट लिने भन्नेमा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको सहमति हुन सकेको छैन्।



    कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार