Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँटमा सहमति जुटाउन बालुवाटारमा गठबन्धन बैठक जारी

    सिट बाँडफाँटमा सहमति जुटाउन बालुवाटारमा गठबन्धन बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 4K
    SHARES

    काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसेको छ।

    बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ ।



    प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रूप पाउने कार्यदल सचिवालयले जनाएको छ ।



    बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार