काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच चुनावी गठबन्धनका नहुने भएको छ ।
सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् ।
आज एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेका हुन् ।
लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्नका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
सो वार्ता समितिले एमालेका नेताहरूसँग तीन दिनसम्म छलफल गरे पनि एमालेले तर चुनावी गठबन्धनका लागि खासै चासो नदिएको लोसपा नेताहरूको भनाइ छ ।
मुख्य मुख्य क्षेत्र छाड्न नसक्ने, सिट पनि थोरै दिने देखिएको कारण लोसपा एमालेसँग गठबन्धन नगर्ने निष्कर्षमा पुगेको जसपा स्रोतले जनाएको छ ।
Leave a Reply