Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनमा सिटको भागबण्डा टुंग्याउन सकस, बालुवाटारमा बैठक जारी

    सत्ता गठबन्धनमा सिटको भागबण्डा टुंग्याउन सकस, बालुवाटारमा बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 675
    SHARES

    काठमाडौं । आगामी आम निर्वाचनका लागि सिट बाँडफाँटबारे टुङ्गो लगाउन सत्ता गठबन्धनका बैठक बसिरहेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान देखि बैठक जारी छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्य सहभागी छन् ।



    आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति नजुट्दा बैठक निरन्तर जस्तै जारी छ ।



    असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्ने भएकाले सिट बाँडफाँटको सकसमा गठबन्धनका नेताहरू छन् ।

    अधिकांश स्थानमा कुरा मिलेपनि केही क्षेत्रमा गठबन्धनका सबै दलले दाबी गरेपछि सहमति हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार