काठमाडौं । रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले अमेरिकाकाे घटनासँग जाेडेर जवाफ दिएका छन्।
उक्त विषयमा संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री बादलले अमेरिकाजस्तो देशले पनि विभेद अन्त्य गर्न नसकेको जिकिर गरे। ‘अमेरिकाले पनि विभेद अन्त्य गर्न सकेको छैन। हामीले पनि सकेका छैनौं’ उनले भने ।
प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा उनले भने,‘अमेरिकामा पनि विभेद दण्डनीय छ । लोकतन्त्रमा (अब्राहम) लिंकनको परिभाषा सर्वश्रेष्ठ मानिन्छ । त्यही देशमा त्यही रुपमा लोकतन्त्र कार्यान्वयनमा भएको छैन । मार्टिन लुथर किङको हत्या भएको थियो । कानूनमा विभेदको अन्त्य भएको भए पनि पूर्ण कार्यान्यन भएको छैन।’
उनले अमेरिका लोकतन्त्रको उच्चतम रुप भएको ठाउँमा समेत विभेद अन्त्य नभएको प्रतिक्रिया दिए। अमेरिकामा पनि हालै एक अश्वैत नागरिक मारिएको विरोधमा देशभर प्रदर्शन भइरहेको छ ।
Leave a Reply