काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताएका छन् ।
१५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताएका हुन् ।
उनले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने जिकिर गरे ।
उनले महात्मा गान्धीको विचारधारको एकांश पनि कसैले आफ्नो जीवनमा अनुसरण गर्ने हो भने समाज शान्त र सुव्यवस्थित बन्ने दाबी गरेका हुन्।
Leave a Reply