Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • कांग्रेसले बुझायो निर्वाचन आयोगमा समानुपातिक बन्दसूची

    कांग्रेसले बुझायो निर्वाचन आयोगमा समानुपातिक बन्दसूची

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 801
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा संशोधनसहितको समानुपातिक बन्दसूची बुझाएको छ ।

    प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरूको नामबारे भएको विवाद समाधान भएपछि उक्त सूची आयोगमा बुझाइएको हो ।



    पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी बसेर बन्दसूची संशोधन गरिएको थियो।



    कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा महिलातर्फ पहिलो नम्बरमा थिइन् ।

    समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई प्राथमिकतामा नराखेको भन्दै शेखर कोइराला समूह विरोधमा उत्रिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार