काठमाडौं । टिकट वितरणमा नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ । नेपाली कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुटेको हो ।
समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्ने भएका छन् ।
कोइराला पक्षले १२ जना सांसद हुने गरी आफू पक्षीय नेताको नाम राख्न भनेको थियो । कोइराला पक्ष त्यसमा केही घटेको कांग्रेस स्रोतले जनाएको छ ।
संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।
कांग्रेस स्रोतका अनुसार संशोधन गरिएको सूची सभापति सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै पनि नभएको र नेता शेखर कोइराला समूहले भने जस्तो पनि नभएको बताइएको छ ।
निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षले बन्दसूचीमा असहमति जनाउँदै संशोधनका लागि दबाव दिएको थियो ।
Leave a Reply