Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • समानुपातिक सूचीबाट प्रधानमन्त्री र गृहमन्त्री पत्नीको नाम पछि सारियो

    समानुपातिक सूचीबाट प्रधानमन्त्री र गृहमन्त्री पत्नीको नाम पछि सारियो

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 903
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ ।

    समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको हो ।



    आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो ।



    सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार