काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा संस्थापन र इतरपक्षबीच समानुपातिक बन्द सुचीलगायतका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो ।
संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्बोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको छ ।
संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ ।
Leave a Reply