बुटवल । विवेकशील साझा पार्टीको लुम्बिनी समितिले सामूहिक राजीनामा दिएको छ ।
तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
समितिले लुम्बिनी प्रदेशमा रहेका वडा,जिल्ला लगाएत सम्पूर्ण समिति खारेज गर्दै गरेको पनि उल्लेख गरेको छ ।
पूर्वअध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि केन्द्रले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको लुम्बिनी प्रदेशले जनाएको छ ।
Leave a Reply