Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • विराटनगरमा अस्पताल भर्ना भएका दुई जना कैदीबन्दी फरार

    विराटनगरमा अस्पताल भर्ना भएका दुई जना कैदीबन्दी फरार

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 762
    SHARES

    विराटनगर । क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदीबन्दी फरार भएका छन् ।

    उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् ।



    दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो ।



    क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहान सबेरै फरार भएका हुन् ।

    उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार