Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • तिहारसम्म साझा यातायातका थप ३७ विद्युतीय बस नेपाल आउने

    तिहारसम्म साझा यातायातका थप ३७ विद्युतीय बस नेपाल आउने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 756
    SHARES

    काठमाडौँ । साझा यातायातले चीनबाट थप ३७ वटा विद्युतीय बस ल्याउने भएको छ।

    साझाले चीनबाट ल्याउन लागेका विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङबाट काठमाडौंका लागि छुटेका छन्।



    ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको साझाले तीनवटा विद्युतीय बस यसअघि नै काठमाडौं ल्याइसकेको छ। चीनबाट छुटेका बस केही दिनमै बाेर्डरमा आइपुग्ने भए पनि बिदाका कारण दसैँपछि मात्र भन्सार पास हुनेछ।



    कम्पनीबाट उत्पादित ३ ओटा विद्युतीय बस परिक्षणका लागि गत असारमा नेपाल भित्रिएका थिए। सफल परिक्षण पश्चात हाल यी बस काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका छन्। अपांगमैत्री रहेकाले सबैलाई सहज भएको साझा यातायातको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार