Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • समानुपातिकको बन्दसूची सच्याउँदै आयोग

    समानुपातिकको बन्दसूची सच्याउँदै आयोग

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 780
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिक सूचीलाई सच्याउने भएको छ।

    जसका लागि आयोगले दलहरूलाई यसअघि नै पत्राचार गरिसकेको छ।



    आयोगले सूची सच्याउने पहिलो दिन नेपाली कांग्रेसलगायतका दलहरूलाई समय दिएको छ।



    जसअनुसार दलहरूलाई सूची सच्याउन १६ गतेसम्मको समय दिएको छ। कसैको क्लस्टर नमिलेको, कसैको नाम नमिलेको पाइएपछि आयोगले सच्याउनका लागि पत्राचार गरेको थियो।

    प्रतिनिधि सभाको समानुपातिकतर्फ ४८ दलले बन्दसूची पेस गरेका थिए। आयोगका अनुसार ४८ वटै दलको सूची मिलेको छैन।

    बन्दसूची २२ असोजमा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार