Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • महामन्त्री गगन थापा भन्छन् – पार्टी शुद्धीकरणका लागि विद्रोह गर्ने अवस्था आयो

    महामन्त्री गगन थापा भन्छन् – पार्टी शुद्धीकरणका लागि विद्रोह गर्ने अवस्था आयो

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 894
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन।

    शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।उनले पार्टीहरू चुनाव जित्न केन्द्रीत भएको आरोप लगाए।



    थापाले भने, ‘जुन उदेश्यका साथ संस्थापकहरुले यो पार्टी बनाउनुभएको हो , त्यो उदेश्य प्राप्तिका लागि फेरि मेहेनत गर्नुपर्ने छ। पार्टी शुद्धीकरणका लागि विद्रोह अपरिहार्य भएको छ।’



    उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन थालेको भन्दै संघर्षका लागि तयार रहन आह्वान गरे ।  उनले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप समेत लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार