Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सरकार जुट्याे लकडाउनको ढाँचा फेर्ने तयारीमा

    सरकार जुट्याे लकडाउनको ढाँचा फेर्ने तयारीमा

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथामका लागि चैत ११ गतेबाट सुरु भइ पटक पटका थपिएकाे लकडाउनको ढाँचा फेर्ने तयारी गरिएको छ । देशभर कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ ।

    लकडाउन मात्रै कोरोना संक्रमण रोक्न उपाय नभएको प्रष्ट भएको छ । यसैबीचमा सबैतिरबाट दबाब पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी गरेको छ । मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन् ।



    अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् । नेपालसँगै लकडाउन सुरु गरेको भारतले सार्वजनिक यातायातलगायत सबै खुला गरिसकेको छ । तर अब सीमा क्षेत्र र त्यहाँबाट छिर्नेहरूलाई गर्ने निगरानी र प्रभावकारी व्यवस्थापन गर्न सेना सहितका सुरक्षा निकायलाई खटाउने निर्णय सरकारले गरेको छ । मुलुकमा लकडाउन जारी गरिएको ७० दिन पुगिसकेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार