Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद समापनका लागि प्रधानमन्त्री देउवालाई निम्तो

    नवौं राष्ट्रिय खेलकुद समापनका लागि प्रधानमन्त्री देउवालाई निम्तो

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 921
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र प्रदान गरेको छ ।

    गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गरेको हो ।



    राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।



    सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए ।

    त्यस अवसरमा मन्त्री गहतराज र सदस्य सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीबारे जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार