Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अमेरिकामा प्रदर्शन जारी

    ७५ सहरमा प्रदर्शनले लियाे उग्र रूप, ४० सहरमा कर्फ्यु लगाइयो

    ७५ सहरमा प्रदर्शनले लियाे उग्र रूप, ४० सहरमा कर्फ्यु लगाइयो

    २ को मृत्यु, २ सय ७० जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । एक अश्वेत नागरिकको मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको त्यहाँकाे सञ्चार माध्यमले जनाएकाे छ।

    प्रहरी नियन्त्रणमा अश्वेत नागरिकको हत्या भएपछि अमेरिकाका अधिकांश राज्यमा प्रदर्शन जारी रहेकाे छ । बीबीसीका अनुसार कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् । न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लस एन्जलस, डेभनपोर्टलगायत दर्जनौं सहरमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् ।



    प्रदर्शनकारीले प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । दंगा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । कतिपय सहरका पसलहरूमा लुटपाट भएको छ भने प्रदर्शनकारीले प्रहरी कार्यालय तथा भवनहरू तोडफोड गरेका छन् ।



    आयोवा राज्यको डेभनपोर्टमा आइतबार रातभर गोली हानाहान भएको जनाइएको छ । प्रहरीको गोली लागी कम्तीमा २ जनाको ज्यान गएको छ । एक प्रहरी अधिकारी घाइते भएका सीएनएनले जनाएको छ । डेभनपोर्ट प्रहरी प्रमुख पल सिकोर्कीले गस्तीमा रहेका तीन जना प्रहरीमाथि आक्रमण भएको जनाए ।

    प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको छ । विभिन्न स्थानबाट प्रहरीले ३ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ । सीएनएनका अनुसार न्युयोर्कमा मात्र २ सय ७० जना पक्राउ परेका छन् ।

    ६ दिनदेखि जारी विरोध प्रदर्शनलाई ५ दशकयताकै हिंसात्मक रंगभेदी आन्दोलनका रूपमा लिइएको छ । सन् १९६८ मा मार्टिन लुथर किंगको हत्यापछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन गरिएको थियो । सीएनएनका अनुसार कम्तीमा ७५ विभिन्न सहरमा हिंसात्मक विरोध भएको छ ।

    प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो । घटनाबारे सार्वजनिक एक भिडियोमा सोभिनले फ्लोइडको घाँटीमा ८ मिनेटभन्दा बढी समयसम्म घुँडाले टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएको समेत भिडियोमा सुन्न सकिन्छ । ४४ वर्षीय सोभिनसहित ४ जना प्रहरीलाई घटनापछि बर्खास्त गरिसकिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार