Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, २७ हजार बढी संक्रमित

    डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, २७ हजार बढी संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 933
    SHARES

    काठमाडौं । डेङ्गु संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ ।



    हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ ।



    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ ।

    संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा काभे्र, धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला रहेका छन् ।

    यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुईसयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार