Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धन बैठक : सिट बाँडफाँट प्रस्ताव शीर्ष नेतासमक्ष पेश

    सत्ता गठबन्धन बैठक : सिट बाँडफाँट प्रस्ताव शीर्ष नेतासमक्ष पेश

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 831
    SHARES

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको हो ।



    बैठकमा सत्ता गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव शीर्ष नेतासमक्ष पेश गरेको छ ।



    कार्यदलको प्रस्तावलाई अब शीर्ष नेतामार्फत् टुंगो लगाइने छ ।  कार्यदलका स्रोतका अनुसार केन्द्र र प्रदेश दुबैतिरको सिटको टुंगो लगाएर शीर्ष नेतासमक्ष प्रस्ताव पेश गरेको जनाईएको छ ।

    सिट बाँडफाँट टुंगो लगाउन शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार