Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रुसको दाबी – युक्रेनका ४ भू–भागमा गरेको जनमत सङ्ग्रह गाभिने पक्षमा आयो

    रुसको दाबी – युक्रेनका ४ भू–भागमा गरेको जनमत सङ्ग्रह गाभिने पक्षमा आयो

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 996
    SHARES

    एजेन्सी । युक्रेनका चार वटा क्षेत्रमा गरिएको जनमत सङ्ग्रह गाभिने पक्षमा मत आएको रुसले दाबी गरेको छ ।

    गाभिने वा युक्रेनमै रहने भनेर रुसले ५ दिन लगाएर चार वटा भू–भाग दक्षिण पूर्वी लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनमा जनमत सङ्ग्रह गरेको थियो । ती चार वटा क्षेत्र युक्रेनबाट अलग हुने हो भने युक्रेनले कुल क्षेत्रफलको १५ प्रतिशत भू–भाग गुमाउनेछ ।



    जापोरिजिया र लुहान्स्कमा ९३ प्रतिशत मत गाभिने पक्षमा खसेको रुसको दाबी छ । त्यस्तै खेअर्सनमा ८७ प्रतिशत र डोनेट्स्कमा ९२ प्रतिशत युक्रेनबाट अलग्गिने पक्षमा आएको रुसी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।



    युक्रेनले यो जनमत सङ्ग्रहलाई अवैध भन्दै कुनै अर्थ नभएको टिप्पणी गरेको छ । गएको शुक्रवारदेखि सुरु भएको मतदान हिजो सकिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार