Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेस प्रवक्ता डा.महतले भने – समानुपातिक बन्दसूची सहमतिबाटै तयार गरिएको हो

    कांग्रेस प्रवक्ता डा.महतले भने – समानुपातिक बन्दसूची सहमतिबाटै तयार गरिएको हो

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 795
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार गरिएको दाबी गरेका छन् ।

    मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले यस्तो बताएका हुन् । उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताए ।



    उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’



    निर्वाचन आयोगले दिएको समय सीमाभित्र समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याइने डा.महतको भनाई छ ।

    डा.महातले कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको स्पष्ट पारेका छन् । आफुहरुले डा.शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार