काठमाडौं । समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ ।
समानुपातिक तर्फको सूचीमा पार्टीको डा.शेखर कोइराला पक्षले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ । दिउँसो २ बजेदेखि बैठक बसिरहेको कांग्रेसले जनाएको छ ।
आयोगले बिहीबार र शुक्रबार बन्द सूचीमा रहेका नामहरुमा संशोधन गर्न समय दिएको छ ।
Leave a Reply