Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • तनहुँमा पौडेल र भण्डारीलाई ठूलो धक्का, महासमित सदस्य गुरुङ नै एमाले प्रवेश गर्दै

    तनहुँमा पौडेल र भण्डारीलाई ठूलो धक्का, महासमित सदस्य गुरुङ नै एमाले प्रवेश गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मुखमा नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य तथा नेपाल तरुण दल चार नम्वर प्रदेशका प्रमुख पूर्णबहादुर गुरूङले पार्टी परित्याग गर्ने भएका छन् । पार्टी नेतृत्वप्रति रुष्ट रहेका उनी नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।

    बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी पार्टी प्रवेश गर्ने तयारीमा छन् । यसअघि असोज ५ गते बुधबार नै उनले केपी ओलीसँग भेटवार्ता गरेका थिए ।



    एमाले नेता पृथ्वी सुब्बा गुरूङसँगको लामो छलफल पछि उनी एमालेमा प्रवेश गर्ने लागेका हुन्। गुरूङले तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभामा एमालेको तर्फबाट उम्मेदवारी दिन पाउनुपनर्ने माग गरेका छन् । तर, एमालेले भने उनलाई तनहुँ क्षेत्र न.१ (ख) बाट प्रदेश सदस्यमा चुनाव लडाउने तयारी गरेको छ ।



    एमालेले पूर्ण गुरुङलाई टिकट दिने पक्का भयो भने गुरुङले तरुण दलका हजारौ कार्यकर्ताहरुसहित एमाले प्रवेश गरी फेरी रामचन्द्र पौडेलसँग चुनाव लड्ने अवस्था आउन सक्छ । गुरुङले यसअघि पौडेलसँग बागी बनेर चुनाव लड्दा करिब पाँच हजार मत ल्याएका थिए।

    गुरुङले क्षेत्र नं. १ मा एमालेबाट टिकट पाए भने रामचन्द्र पौडेललाई ठूलो धक्का लाग्नेछ । तनहुँ क्षेत्र नं. १ मा नेता रामचन्द्र पौडेललाई समाजबादीका नेता किसान श्रेष्ठले छाड्ने बताइसकेका छन्। यस्तो अवस्थामा गुरुङले एमालेबाट टिकट पाए भने जीत सुनिश्चित भएको दावी गर्दै आएका पौडेललाई समस्यामा पर्ने देखिन्छ ।

    गुरुङ एमालेबाट चुनाव लडे भने कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि समर्थन गर्ने बुझिएको छ। कांग्रेस र युवा कार्यकर्ताहरुमाझ लोकप्रिय रहेका गुरुङको तनहुँमा ठूलो पकड रहेको हुँदा पनि ओलीले उनलाई टिकट दिन सक्ने एमालेकै नेताहरु बताउँछन् ।

    गुरुङ कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीका विश्वासिला नेता पनि हुन्। कांग्रेसले पार्टीमा पकड भएका युवाहरुलाई उपेक्षा गरिरहेको बेला एमालेले गुरुङलाई पार्टी प्रवेश गराउन सक्यो भने तनहुँ कांग्रेसमा ठूलो उथलपुथल हुने देखिन्छ। जसकाे प्रत्यक्षा असर शंकर भण्डारी र रामचन्द्र पौडेलदेखि सिङ्गो कांग्रेसलाई नै पर्ने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार