Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

    सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 777
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धन दल निर्णायक छलफलमा जुटेका हुन् ।

    असोज २३ गते सम्म उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएकाले दलहरू माथि दसैं अगावै सिटको भागबन्डा टुंग्याएर उम्मेदवार चयनको छलफल गर्नुपर्ने दबाब छ ।



    गठबन्दन स्रोतका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको छ । त्यसैले आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ ।



    कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

    यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार