Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • अनुगमनपछि उपमेयर डंगोलले भनिन् – बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइयो

    अनुगमनपछि उपमेयर डंगोलले भनिन् – बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइयो

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 834
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले दशैँलक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर डंगोल नेतृत्वमा दशैँलक्षित बजार अनुगमन गरेको हो ।

    उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ।



    अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो।



    बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर सुनिता डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्।

    टोलीले महानगरभित्र रहेका भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार