काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छन् ।
विश्वव्यापी सार्वजनिक मामिला हेर्ने उनी भोलि (बुधबार) नेपाल आउन लागेकी हुन् ।
अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ट्रुडोकाे नेपाल भ्रमणबारे जानकारी दिएकाे छ ।
ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा जानेछन् ।
Leave a Reply