काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा विभागले खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।
दशैँमा उपभोक्ताको स्वास्थ्यमा नै असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न लागेको विभागले जनाएको छ ।
आजदेखि १८ गते नवमीको दिनसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् ।
विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछ ।
खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । यसवर्षको दशैँमा काठमाण्डौ उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान छ ।
Leave a Reply