Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बङ्गलादेशमा डुंगा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, ३० बेपत्ता

    बङ्गलादेशमा डुंगा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, ३० बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 897
    SHARES

    फाइल तस्विर

    एजेन्सी । बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

    राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको शव फेला परेको हो ।



    डुङ्गा दुर्घटनामा बेपत्ता भएका ३० जनाको अवस्था अझै थाहा हुन नसकेको बङ्गलादेशको प्रहरीले जनाएको छ । उनीहरुको खोजी चलिरहेको छ ।



    प्रहरी निरीक्षक सिराजुल हुडाका अनुसार झण्डै सय जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो । आइतबार बेलुका २५ जनाको शव भेटिएको थियो ।

    क्षमताभन्दा धेरै भार भएका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार