Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रुकुम हत्या प्रकरण: अनुसन्धानका लागि सीआईबी पनि खट्दै

    रुकुम हत्या प्रकरण: अनुसन्धानका लागि सीआईबी पनि खट्दै

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि अन्तर्जातीय प्रेमले रुकुममा भएकाे घटनाको अनुसन्धानका लागि खटिने भएको छ ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि सीआईबीको टोली पनि खटिन लागेको हो ।

    रुकुमको चौरजहारी घटनाको अनुसन्धानमा सीआईबीको टोली पनि खटिने लागेकाे ब्युरोका एक प्रहरी अधिकृतले बताए। ती अधिकृतका अनुसार घटनाको प्राविधिक पक्षको विश्लेषणका लागि ब्युरोको टोली रुकुम जान लागेको हाे।



    टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ । यही जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए । तर दुई पक्षबीच झडप भएपछि भागाभाग भयो । केहीले ज्यान जोगाउन भेरी नदीमा हामफाले । घटनामा नवराज विकसहित ६ जनाको मृत्यु भएको छ  ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार