Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री खाँण भन्छन् – भयरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध छ

    गृहमन्त्री खाँण भन्छन् – भयरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध छ

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 828
    SHARES

    बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।



    गृहमन्त्री खाँणले निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउँदै निर्वाचन सफल बनाउन सबै नेपालीको जिम्मेवारी र दायित्व रहेको स्पष्ट पारे । दुई चरणमा निर्वाचन गर्दा राज्यको धेरै पैसा खर्च हुने भएकाले सरकारले एकै चरणमा निर्वाचन गर्न लागेको उनको भनाई छ ।



    सरकारले स्थानीय तह निर्वाचन पनि भयरहित, शान्तिपूर्ण र निष्पक्ष ढङ्गले गराउन सफल भएको स्मरण गर्दै सङ्घीय र प्रदेश निर्वाचन पनि शान्तिपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार