गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।
चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए ।
यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।
पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।
शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ ।
Leave a Reply