काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको भदौ महिनाको १५ दिनको अवधिमा एक करोडभन्दा बढिको तास आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा एक करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार २४४ प्याकेट तास आयात भएको हो ।
गत बैशाखदेखि सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै तास आयात पनि प्रतिबन्ध लगाएको थियो ।
तर, भदौ १४ गतेदेखि भने सरकारले तास आयात खुला गरिदियो । खुला गरेको १५ दिनमै तास आयातका लागि नेपालीको एक करोड पैसा बाहिरिएको देखिन्छ ।
नेपालमा चीन भारत जर्जिया अमेरिका लगायतका देशरुबाट तास आयात हुने गर्छ । यसमध्ये पनि सबैभन्दाबढि चीनबाट तास आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
Leave a Reply