Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौंकाे न्युरोड क्षेत्रमा सवारी प्रवेशमा निषेध

    काठमाडौंकाे न्युरोड क्षेत्रमा सवारी प्रवेशमा निषेध

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 876
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ ।

    कार्यालयले आज एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।



    प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।



    महानगरपालिका र ट्राफिक कार्यालय नयाँ सडक क्षेत्रमा दिनभर ४ पाङ्ग्रे सवारी निषेध गर्ने अभ्यासमा लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार