Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • शेखर कोइराला पक्षको बैठक ठमेलको होटल यात्रीमा जारी

    शेखर कोइराला पक्षको बैठक ठमेलको होटल यात्रीमा जारी

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 867
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेपछि  शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम तय गर्न बैठक बसिरहेको छ ।

    पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ ।



    बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् । बैठकमा खबरदारीको अगुवाई गरिरहेका नेता गुरुराज घिमिरे, नुवाकोटमा पूर्व जिल्ला सभापति जगदिशश्वर नरसिंह केसी सहित भुपेन्द्र जंगशाही लगायत सहभागी छन् ।



    बैठकमा सहभागी एक नेताका अनुसार अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना बनाउने विषयमा छलफल भइरहेको छ ।

    शेखर पक्षलाई प्रत्यक्ष तथा समानुपातिकमा ४० प्रतिशत उम्मेदवार नदिए विद्रोह गर्ने चेतावनी दिएको छ । पार्टी भित्र एकलौटी गरिए गठबन्धनका उम्मेदवारको पक्षमा मतदान नगर्ने बैठक चेतावनी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार