गुल्मी । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लक्ष्मण पन्तले अहिलेको गठबन्धन सत्ता स्वार्थको नभई प्रतिगमन बिरुद्धको मोर्चा भएको बताएका छन् ।
पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको आठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता पन्तले यस्तो बताएका हुन् ।
पन्तले भने, ‘माओवादीको कांग्रेससँग विचार मिलेर होईन, कुनै स्वार्थ बाझिएर पनि होईन, दुई पटक संसद विघटन गर्ने केपी ओलीको प्रतिगनविरुद्ध गठबन्धन गरिएको हो ।’
यो गठबन्धन सधै कायम नरहने पनि उनले उल्लेख गरे । पन्तले माओवादीले ब्यबहारमै मुलुकमा समाजवाद ल्याउनुपर्छ भनेर अघि बढेको दावी गरे ।
उनले प्रतिगमनविरुद्ध मुलुकका धेरै राजनैतिक दल एकजुट भएको र आगामी निर्वाचनमा गठबन्धनको शानदार विजयी हुने बताए ।
Leave a Reply