Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सांसद चौधरीले ‘रअ’का एजेन्टहरूलाई दिइन् कडा चेतावनी

    सांसद चौधरीले ‘रअ’का एजेन्टहरूलाई दिइन् कडा चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू कडा चेतावनी दिएकी छिन् । संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै नेकपाकी सांसद चौधरीले भारतीय एजेन्टहरू पछिल्लाे समय विभिन्न काेणबाट सलबलाउन थालेको जिकिर गरिन्।

    उनले ‘रअ’का एजेन्टहरूलाई धेरै नसलबलाउन चेतावनी समेत संसदमा सम्बाेधनकाे क्रममा दिइन् । उनले नेपालमा समृद्धिका कुरा सुनेर भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू १५ दिनसम्म घाइते हुने गरेको बताएकी छिन् ।



    ‘भूमि मिचाहासँग छलफल गर्नु प¥यो रे ! आफ्नो जमीन मेरो हो भन्नको लागि पनि भारतलाइ सोध्नुपर्ने ? यो कस्तो बिडम्बाना हो ?’, नेकपाकी सांसद चौधरीले प्रश्न गर्दै भनेकी छिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना, योजना फ्याक्छन् अनि रअका एजेन्टहरू १५ दिनसम्म घाइते हुन्छन् ।’



    समावादी पार्टीकी सांसद सरिता गिरीको नाम नलिइकन नेकपाकी सांसद चौधरीले संसदभित्रै नेपालको स्वाधीनतामाथि धावा बोलेको बताइन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार