काठमाडौं । विद्युत् प्राधिकरणले १० हजार पारिश्रमिक दिएर विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गोलो पोलेको छ ।
काठमाडौंको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गोलो तीन जना मान्छेलाई पारिश्रमिक दिएर आज बेलुका पोलिएको हो ।
तीन जनाले गोलो पोलेपछि अब भोलि बिहानदेखि तार जडानको काम हुने काठमाडौं ग्रिडले जनाएको छ ।
अरिङ्गालको गोलोका कारण काठमाडौंको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको थियो ।
Leave a Reply