Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बाँके दुर्घटनामा सल्यानका १०, दाङका ६ र रोल्पाका ५ जना घाइते (नामावलीसहित)

    बाँके दुर्घटनामा सल्यानका १०, दाङका ६ र रोल्पाका ५ जना घाइते (नामावलीसहित)

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



    बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा अरू २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।



    प्रहरीले दुर्घटनामा घाइते भएका २१ जनाको नामावली सार्वजनिक गरेको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका छन् ।

    मृतकहरुमध्ये दुई जनाको मात्र सनाखत भएको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ ।

    मृतक दुई जनामा गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी ।रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरुमा सल्यानका १० जना, दाङका ६ जना र रोल्पाका ५ जना रहेका छन् ।

    घाइतेहरुको नामावली
    सल्यान

    कुपिण्डेदह गाउँपालिकाका २० वर्षीय मिनराज बिक, सिद्धकुमाख गाउँपालिकाका ५ का तेज बहादुर बुढाथोकी, २६ वर्षीय निम बहादुर बादी, १८ वर्षीय देवेन्द्र बुढाथोकी र १७ वर्षीय ज्ञान बहादुर बोहरा तथा वडा नम्बर ४ का २८ वर्षीय लोकेश घर्ती, शारदा गाउँपालिका ६ का टीका चलाउने रहेका छन् ।

    त्यसैगरी सल्यान जिल्लाकै तर, स्थानीयतह नखुलेकाहरुमा १८ वर्षीय धन बहादुर बोहरा, ५२ वर्षीय दीप बहादुर बुढा र शिव भण्डारी रहेको प्रहरीले जनाएको छ ।

    दाङ
    धर्ना ४ का ४५ वर्षीय मेघराज केसी, तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी, राजपुर २ का २१ वर्षीय जीवन घर्ती, राजपुर गाउँपालिका ६ का २० वर्षीय दिपेश चौधरी र तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी तथा स्थानीय तह नखृलेका २० वर्षीय भरत थापा रहेका छन् ।

    रोल्पा
    त्रिवेणी गाउँपालिकाका ७ का १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, कुरैति गाउँपालिकाका २ का ५२ वर्षीय नर बहादुर विक र टुटु ८ का ४० वर्षीय दिलबहादुर बिक रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार