काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
नाबालिग गायिकामाथि बलत्कार गरेको आरोप लागेर सफाइ पाएका तर बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर भएका शाहको मुद्दाको पूर्णपाठ सार्वजनिक भएको हो ।
जिल्ला अदालत नवलपुरले भदौ २१ गते पुर्पक्षका लागि थुनामा रहेका उनलाई साढे २ वर्ष कैद र क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाह बाल यौन दुरुपयोगको मुद्दामा ठहर गर्दै पीडितलाई १० लाख क्षतिपुर्ति र २५ हजार जरिवाना गरेको थियो ।
उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन रहेको छ ।
यस्तो छ फैसलाको पूर्णपाठ :
Leave a Reply