Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च

    कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 753
    SHARES

    फाइल फोटो

    काठमाडौं । कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै ५० करोड खर्च गरेको छ ।

    सचिवालयका अनुसार चालुतर्फ ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ ।



    चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयका कर्मचारीको तलब भत्तामा खर्च गरिएको छ ।



    सवारीसाधन खरिद, मर्मत, भौतिक संरचना निर्माणलगायतका शीर्षकमा पूँजीगत खर्च गरिएको छ । सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले यस अवधिमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटभन्दा कम खर्च भएको बताए । प्रदेशसभाले २३ लाख ३० हजार छ सय १० राजस्व आम्दानी गरेको छ ।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीको निर्वाचन कार्यक्रम सुरु भएसँगै प्रदेशसभाको कार्यकाल पनि यही असोज १ गतेदेखि समाप्त भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार