Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जसपाद्धारा राष्ट्रपतिविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक

    जसपाद्धारा राष्ट्रपतिविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 798
    SHARES

    जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जनता समाजवादी पार्टी जसपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन गरेको भन्दै जसपा मधेस प्रदेश समितिले विज्ञप्तिमार्फत संघर्षको कार्यक्रम घोषणा गरेको हो ।



    असोज ६ मा बसेको जसपा मधेस प्रदेश समितिले बैठकमा भएको निर्णय अनुसार राष्ट्रपति भण्डारीविरुद्ध असोज ८ देखि १७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरिएको छ ।



    मधेसका आठै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै असोज ८ गते नागरीक समाज, बुद्धिजीवी, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, कानून व्यवसायी, पेशाकमी तथा अन्य सरोकारवालाहरुबीच अन्तरक्रिया गर्न पत्रमा आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार