Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • अमेरिकामा जारी कर्फ्युबीच दर्जनौं सहरमा हिंसात्मक प्रदर्शन

    अमेरिकामा जारी कर्फ्युबीच दर्जनौं सहरमा हिंसात्मक प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    वासिङ्टन । अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । एक अश्वेत नागरिकको मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको त्यहाँकाे सञ्चार माध्यमले जनाएकाे छ।

    १६ राज्यका कम्तीमा ३० सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका छन् । २५ सहरमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रेका सीएनएनले जनाएको छ । प्रदर्शनकारीले प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । दंगा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । कतिपय सहरका पसलहरूमा लुटपाट भएको छ भने प्रदर्शनकारीले प्रहरी कार्यालय तथा भवनहरू तोडफोड गरेका छन् ।



    सीएनएनका अनुसार क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, जर्जिया, इलिनोय, केन्टुकी. मिनेसोटा, न्युयोर्क, ओहायो, ओरेगन, पेन्सिल्भानिया, साउथ क्यारोलिना, टेनेसी, युटा, वासिङटन र विस्कन्सिन राज्यका २५ सहरमा कर्फ्यु लगाइएको हो ।



    एक प्रहरी अधिकारीको ज्यादतीका कारण अफ्रिकी मूलका जर्ज फ्लोइडको ज्यान गएपछि त्यसको विरोधमा अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालमा भाइरस बनेको एक भिडियोमा एक प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा घुँडा टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएका समेत भिडियोमा सुन्न सकिन्छ ।

    हत्यामा संलग्न ४४ वर्षीय पूर्वप्रहरीलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ । अधिकारीहरूले उनलाई सोमबार अदालतमा पेस गरिने जनाएका छन् । घटनापछि उनीसहित ४ जना प्रहरीलाई बर्खास्त गरिएको थियो । घटनास्थलमा रहेका अन्य तीन प्रहरी पनि पदमुक्त भएका छन् ।

    अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी युवक फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ। प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ। ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशंकामा पक्राउ परेका थिए।

    फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो। घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्तिहत्याको आरोप लगाइएको छ।

    अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ। प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रुप लिएको छ। बिहीबार प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन्। प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार