काठमाडौँ । स्वास्थ्य भवानीप्रसाद खापुङले डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुखहरूको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् ।
बिहीबार काठमाडौँमा डाक्टरहरूसँग स्वास्थ्य परामर्श उपलब्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्दै मन्त्री खापुङले यस्ताे बताएका हुन् ।
नेपालमा डेंगु संक्रमणबाट यस वर्ष मृत्यु हुनेको संख्या २५ पुगिसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको हो ।
Leave a Reply