Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धन बैठक छाडेर नेताहरु याक एण्ड यती होटल तिर लागेपछि…

    गठबन्धन बैठक छाडेर नेताहरु याक एण्ड यती होटल तिर लागेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धन बैठक छाडेर शीर्ष नेताहरु होटल याक एण्ड यती पुगेका छन् । गठबन्धनको बैठक छाडेर पाँच दलका शीर्ष नेताहरू नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि होटल याक एण्ड यती पुगेका हुन् ।

    शीर्ष नेताहरू बैठकबाट निस्केपछि अन्य नेताहरू अलमलमा परेका छन् । सिट बाडफाँटका लागि बिहीबार दिउँसो २ बजेलाई कार्यदलसहित गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो ।



    दुई बजेको निर्धारित समय भएपनि बैठक ३ बजेमात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै शीर्ष नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि बालुवाटारबाट हिँडेका थिए ।



    पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम सहभागी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार